कस्तुप पन्तको नयाँ गीत ‘सिलौटोमा चटनी’

थुप्रै लोकप्रिय गीत सिर्जना गरेका कस्तुप पन्त नयाँ गीतका साथमा बजारमा आएका छन् । उनको ‘सिलौटोमा चटनी’ बोलको गीत सार्वजनिक भएको हो ।

पन्तको लय सिर्जना रहेको सार्वजनिक गीत समीक्षा अधिकारी र कुलेन्द्र विश्वकर्माले गाएका छन् । कोरोनाले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिमा पनि ठूलो लगानीमा गीत निर्माण गरेका पन्तले गीतले आफूलाई दर्शकको अझै माया दिने विश्वास व्यक्त गरेका छन् ।

गीतको म्युजिक भिडियोमा पनि निकै मिहिनेत गरेको उनले बताएका छन् । शंकर बिसीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा कुलेन्द्र विश्वकर्मा, रामजी खाँड, प्रीति आले र ज्योति मगरले अभिनय गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार १८:२८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया