कर्णालीमा विकटका संक्रमितलाई हेलिकोप्टरबाट उद्धार गरिने

कर्णाली प्रदेश सरकारले विकट क्षेत्रका कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने निर्णय गरेको छ । सडकको पहुँच नपुगेका क्षेत्र तथा अन्य क्षेत्रका गम्भीर बिरामीको हेलिकोप्टरबाट उद्धार गरिने बताइएको छ । 

कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिई सञ्चालन गर्ने र विकट क्षेत्रका लागि हेलिकोप्टरको समेत व्यवस्था गर्ने निर्णय गरेको हो । 
यस्तै, बैठकले कोभिड आइसोलेसनका लागि आवश्यकताअनुसार निजी होटेललाई सुरक्षा मापदण्डसहित उपयोग गर्नेसमेत निर्णय गरेको छ । 

कोभिड अस्पतालमा २४सै घण्टा विद्युत् आपूर्ति गर्न विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने, औपचारिक कार्यक्रममा बढीमा २५ जना र अनौपचारिक कार्यक्रममा बढीमा ५ जनाभन्दा बढी भेला हुन नदिने, सुरक्षा सतर्कता अपनाउन जनसमुदायमा व्यापक प्रचार–प्रचार गर्ने निर्णय बैठकले गरेको छ । 





  • प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार १९:५१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया