मुख्यमन्त्री पत्नीको बयान : 'शेरधनमाथि बालिकाको आरोप महिलालाई कलंकित पार्ने हर्कत'

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङमु इन शेर्पाले राईको राजनीतिक तथा व्यक्तिगत जीवन समाप्त पार्ने खेलमा केही व्यक्ति लागेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । 

सामाजिक सञ्जालमार्फत शेर्पाले लामो समयदेखि आफ्ना श्रीमानविरुद्ध चरित्र हत्या गर्ने खेल भइरहेको विषयमा आफू जानकार रहेको पनि बताएकी छन् । उनले आफू सचेत महिला भएको भन्दै गल्ति नभएको विषयमा ​प्रमाणबिना लगाइएको आरोपबारे प्रष्ट रहेको बताएकी छन् । 

आम महिलालाई कलंकित पार्ने गरी एउटा महिलाले गरेको हर्कतले आफू दुखी भएको शेर्पाले बताएकी छन् । शेर्पाले श्रीमानको गल्ति भएको प्रमाण पाएको अवस्थामा आफै उनलाई कठघरामा उभ्याउन तयार भएको भन्दै यस्ता हर्कतको पछि नलाग्ने बताइन् । 

शेर्पाले लेखेकी छन्, 'म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु । त्यतिमात्र होइन, अन्यायको विरुद्ध बोल्ने र लड्ने सामाजिक सेवाकर्मी पनि हुँ ! तर बिनाप्रमाण, बिनागल्ति र दोषबिना एउटा महिलाको नाममा यो हद सम्मका महिलाहरु पनि हुँदा रहेछन् भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन्, यो ज्यादै नै दुःखद छ ! मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार थिएँ, तयार छु !'

सुरुवातमा आफूलाई पनि श्रीमानले कतै गल्ति गरे कि भन्ने भ्रम रहेको बताउँदै शेर्पाले वास्तविक तथ्यहरु बुझ्दा राई सय होइन हजार, लाख प्रतिशत निर्दाेष भएको पत्ता लगाएको बताएकी छन् । राई निर्दोष भएको विविध प्रमाण रहेको पनि उनले उल्लेख गरेकी छन् । 

राई निर्दोष रहेको भन्दै शेर्पाले लेखेकी छन्, स्वयं त्यही महिलाले वहाँ निर्दाेष हुनुहुन्छ, मैले अरुको उक्साहटमा वहाँलाई आरोप लगाएको भनेर न्यायालयमा, पार्टी कार्यालय र मिडियाहरुमा स्वयंको हस्ताक्षरमा लिखतहरु सार्वजानिक गरिसकेकी छिन् ।



सामाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएकाे घटना र बिषयले मेराे गंभीर ध्यानाकर्षण भएकाे छ ! मेराे श्रीमान बिरुद्व बिगत...

Posted by Jangmu Enn Sherpa on Thursday, April 22, 2021


  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार ९:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया