राष्ट्रियसभा उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गदै दल दर्ताका लागि आह्वान गरेको हो । 

जेठ ६ गते राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक पदका लागि उपनिर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य राम बहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि खाली भएको पदमा उपनिर्वाचन हुन लागेको हो । 

वैशाख १४ गतेसम्म दल दर्ता गर्ने म्याद राख्दै आयोगले संविधानको धारा २७१ अनुसार जेठ ६ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको हो । बागमती प्रदेशमा रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहेको अवस्थामा कुनै कारणले पद रिक्त भए त्यसको ३५ दिनभित्र सरकारले तोकेको मितिमा उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ।





  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार १०:२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया