कमल थापाले दिए प्रधानमन्त्री ओली र प्राधिकरणलाई धन्यवाद
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महाभूकम्पले ध्वस्त बनाएको संरचना पुनर्निर्माण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई धन्यवाद दिएका छन् । 

अध्यक्ष थापाले वि.सं. २०७२ सालको महाभूकम्पबाट ध्वस्त भएको रानीपोखरी, नेपाली सेनाको मुख्यालय, दरवार हाइस्कुलको पुनर्निर्माण र नयाँ स्वरुप प्रशंसनीय भएको बताएका छन् । 

अध्यक्ष थापाले पुनर्निर्माण भएका संरचनाले काठमाडौंको सौन्दर्य बढाएको पनि बताएका छन् । उनले ती संरचनाले काठमाडौं रमणीय बनेको बताएका हुन् । 

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली र प्राधिकरणलाई धन्यवाद दिएका हुन् । उनले विभिन्न संरचनाको पुनर्निर्माणमा संलग्न सबैजना बधाई र धन्यवादको पात्र भएको पनि बताएका छन् । 





  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार ११:३३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया