डेढ महिनामा कालोपत्रे गरिँदै भीमफेदी-कुलेखानी सडक

बाटो विस्तार र मर्मतका लागि दुई महिना बन्द भएर भर्खरै खुलेको  हेटौँडा-काठमाडौं छोटो दूरीको मार्ग अन्तर्गत भीमफेदी-कुलेखानी सडक फेरि आजबाट बन्द भएको छ । आजबाट डेढ महिनाका लागि बन्द गरिएको हो । 

सडक पिच गर्नका लागि आजदेखि जेठ २५ गतेसम्मका लागि छोटो दूरीको मार्ग बन्द गरिएको हो ।  भीमफेदी-कुलेखानीको सडक फराकिलो पार्ने काम सकेर अहिले स्लाब ढलान र पिच गर्ने काम भइरहेको छ ।

बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक सहदेव भण्डारीले यसअघि दुई महिनासम्म सडक बन्द गरेर मोड र अप्ठ्यारो ठाउँमा स्लाब ढलान गरिएको जानकारी दिए ।





  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार १३:४६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया