कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । वैशाख १० गते दिउँसो २ बजेका लागि बोलाइएको सातौँ अधिवेशनको दोस्रो बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

प्राविधिक कारणले बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । बैठक वैशाख १३ गते दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि वैशाख ३ गतेबाट सातौँ अधिवेशन सुरु भएको थियो ।





  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार १५:९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया