क्रिकेट सिरिज जितेको नेपाली टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय क्रिकेट सिरिज जितेको नेपाली राष्ट्रिय टोलीलाई बधाई दिएका छन् । ओलीले ११ वर्षको इतिहास तोडेर नेपाललाई उपाधि दिलाएको भन्दै बधाई दिएका हुन् । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेदरल्यान्डमाथि शानदार जितसँगै देशलाई उपाधि जिताएकोमा बधाई दिएका हुन् । 

शनिबार भएको त्रिदेशीय अन्तर्राष्ट्रिय टि–२० क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरेको थियो । 

नेपाल क्रिकेट संघ, क्यानले आयोजना गरेको सिरिजमा नेपालसहित नेदरल्याण्ड र मलेसिया सहभागी थिए । सिरिजमा खेलेको समूह चरण र फाइनलसहित ५ खेलमा नेपाल ४ खेलमा विजयी भएको थियो । 





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार ११:४०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया