देशभर लकडाउन तत्काल हुँदैनः परराष्ट्रमन्त्री ज्ञवाली
यसअघि काठमाडाैंमा गरिएकाे लकडाउनकाे एक दृश्य । तस्वीर: फरकधार

सरकारले तत्कालै देशभर लकडाउन नगर्ने भएको छ । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा यस विषयमा छलफल भएको थियो । त्यो छलफल पछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यो जानकारी दिएका हुन् ।

उनले लकडाउनले कोरोना संक्रमणको जालो तोड्ने भए पनि यो दीर्घकालीन समाधान नभएको बताएका छन् ।

‘कोरोना संक्रमण रोक्न लकडाउन नै दीर्घकालीन समाधान होइन,’ उनले भने, ‘कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौँ ।’

उनले हामी सबैले स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेमा जोड दिए  ।





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १४:३४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया