के भारतबाट आउने उडानमा प्रतिबन्ध लगाउँदै छ नेपाल ?

पछिल्ला दिन भारतबाट हुने उडानहरुलाई विभिन्न देशले प्रतिबन्ध लगाउन थालेका छन् । यसको पछिल्लो उदाहरण हो, भारतले कुवेतबाट आउने उडानहरुलाई प्रतिबन्ध लगाएको छ ।

भारतमा केही दिन यता दैनिक ३ लाखभन्दा बढी कोरोनाभाइरस संक्रमितको संख्या थपिइरहेको छ । भारतका विभिन्न सहरका तस्वीरहरुले अहिले विश्वका मिडियाहरुमा राम्रो प्राथमिकता पाइरहेका छन् ।

यसअघि गत वर्ष चीनको वुहानमा कोरोनाभाइरस पहिलो पटक मानिसमा देखिएपछि सतर्कताका लागि विभिन्न देशले अरु देशबाट आफ्नो देशमा आउने उडानहरुमा प्रतिबन्ध लगाएका थिए । अहिले भारतमा निकै धेरै संक्रमित बढ्न थालेपछि अरु देशहरुले भारतबाट आउने उडानहरुमा प्रतिबन्ध लगाउन थालेका छन् ।

भारतमा संक्रमण दर बढ्दै जाँदा नेपालमा पनि त्यसको असर तत्काल पर्ने देखिन्छ । तर, के नेपालले भारतबाट आउने उडानहरुमा प्रतिबन्ध लगाउने तयारी गरेको छ त ?

‘अहिले तत्काललाई यस्तो कुनै पनि तयारी गरिएको छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले फरकधारसँग भने, ‘यसअघि जेजस्ता मापदण्ड थिए, हामीले त्यसलाई नै निरन्तरता दिइरहेका छौँ । अब यसबारे मन्त्रिपरिषद् बैैठकले वा सम्बन्धित अधिकारीहरुले निर्णय लिएपछि थप अध्ययन होला ।’





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १५:१२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया