नेपालमा कोरोना सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च

नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको जनाएको छ । यो दर विश्वमै उच्च रहेको मन्त्रालयको भनाइ छ । 

अहिले विश्वमा कोरोना सङ्क्रमण वृद्धिदर १० प्रतिशत मात्रै रहेको छ । भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ ।

नेपालमा समुदायमा सङ्क्रमण व्यापक भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइयो । परीक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि हुनुले समुदायमा सङ्क्रमण फैलिएको पुष्टि गर्छ । 

प्रेस ब्रिफिङमा धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डाक्टर विराजमान कर्माचार्यले तत्काल थप सावधानी नअपनाए अवस्था खराब हुने चेतावनी दिएका छन् । 





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १७:८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया