गोल गर्न र बचाउन चुकेको धनगढी

नेपाल सुपर लिग अन्तर्गत आइतबार भएको खेलमा धनगढी एफसीले विराटनगर सिटी एफसीसँग ३-० को नमिठो हार बेहोर्‍यो । 

नेपाली राष्ट्रिय टिमका समेत कप्तान रहेका गोलरक्षक किरण चेम्जोङको नेतृत्वमा मैदान उत्रिएको धनगढीले पहिलो खेलमै नमिठो हार बेहोर्नु पर्‍यो । 

नेपालको मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट गोलरक्षमध्ये एक मानिएका किरणको टिमले यस्तो खराब प्रदर्शन गर्ला भन्ने कमैले सोचेका थिए ।

धनगढीका प्रशिक्षक युगलकिशोर राईले पनि आफूले टिमबाट यस्तो प्रदर्शनको आशा नगरेको बताएका छन् ।

राईले खेलपछि पत्रकारसँग कुराकानी गर्दै भने, ‘मैले टिमबाट यस्तो अपेक्षा गरेका थिइनँ । फुटबलमा दुई कुरा महत्त्वपूर्ण हुन्छ, एउटा गोल गर्ने र अर्को गोल बचाउने । आजको खेलमा हामी दुवै गर्न चुक्यौँ ।’

‘हामीले खेलमा अवसरहरू सिर्जना नगरेका होइनौँ तर यसलाई गोलमा परिणत गर्न सकेनौँ’, उनले थपे, ‘विराटनगरले उत्कृष्ट प्रदर्शन गर्‍यो र महत्त्वपूर्ण ३ अंक जोड्यो ।’



‘यो हारले केही निराश भए पनि आगामी खेलमा गल्लीलाई सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्ने विश्वास लिएको राईले बताए । 

‘हामीले लिग अगाडि राम्रोसँग अभ्यास पनि गर्न पाएनौँ यसैले कुन खेलाडी कुन पोजिसनबाट खेल्छन् र उनीहरूको फिटनेस लेभलको बारेमा पनि थाहा थिएन’, उनले भने, ‘अब आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछौँ ।’ 



विराटनगरका प्रशिक्षक यान लले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका बताए ।

‘धनगढी बलियो प्रतिद्वन्द्वी थियो तर आज हामीले उत्कृष्ट प्रदर्शन गर्‍यौँ खेलाडीले सही समयमा गोल गरे’, उनले भने, ‘यो जितले हामीलाई महत्त्वपूर्ण ३ अंक दिलायो ।’ 

‘यसले हौसला प्रदान गरेको छ र हामी आगामी खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछौँ’, यानले थपे ।

  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १८:१३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया