काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी
सहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सकिने

काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ । तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आइतबारको बैठकले सहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।

सोही निर्णयका आधारमा काठमाडौं, भक्तपुर र ललितपुरका तीनैजना प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाको तयारी गरिएको हो । 

सोमबारै तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने र त्यसपछि निषेधाज्ञाबारे निर्णय गर्ने तयारी रहेको बुझिएको छ ।  

स्थिति नियन्त्रणबाट बाहिर जानसक्ने देखिएकाले सोमबार छलफल गरेर निर्णयमा पुग्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि अब कडाइ गर्नुको विकल्प नदेखिएको बताएका छन् । 





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार २१:५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया