नेपालमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले आज बसेको बैठकमा ५ सयभन्दा धेरै सक्रिय संक्रमित भएका जिल्लामा लकडाउन गर्न सकिने निर्णय गरेको छ ।
सहरमा ५ सय र पहाडमा २ सयभन्दा धेरै सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा लगाउन सकिने निर्णय भएसँगै अब रेड जोनमा परेका जिल्लाहरुमा लकडाउन हुनसक्ने बताइएको छ ।
अहिले ७७ जिल्लामध्ये ९ जिल्ला रेड जोनमा रहेका छन् ।
अर्थात् ती जिल्लामा ५ सयभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् ।
यी हुन् उपत्यकाका दुई जिल्ला, काठमाडौं र ललितपुर । त्यस्तै, बाँके, रुपन्देही र पर्सामा पनि एक हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
पर्सा, मोरङ, दाङ, भक्तपुर र कास्कीमा पनि सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी छ । त्यसैले यी जिल्लाहरुमा केही समयपछि नै लकडाउन हुनसक्ने सम्भावना रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।