ग्रिजम्यान चम्कँदा बार्सिलोनाको पुनरागमन जित

स्पेनिस ला लिगामा बार्सिलोनाले पुनरागमन जित दर्ता गरेको छ । फ्रेन्च स्टार एन्टोनी ग्रिजम्यान चम्किएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई हराएको हो ।

आईतबार गएराति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई २-१ गोल अन्तरले हरायो । १-० ले पछि परेको स्थितिमा ग्रिजम्यानले दुई गोल गरेपछि बार्सिलोनाले घरेलु टोलीविरुद्ध पुनरागमन जित दर्ता गर्यो । 

घरेलु टोली भिल्ला रियलका लागि खेलको २६औँ मिनेटमा स्यामुएल चुकउन्जेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटमै ग्रिजम्यानले काउन्टर गोल गरेपछि बार्सिलोनाले खेल बराबरीमा ल्याएको थियो ।

खेलको ३५औँ मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना २-१ ले विजयी बन्यो ।

खेलको ६५औँ मिनेटमा म्यानुअल ट्रिग्युरोस रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो । तर, त्यसपछि थप गोल हुन सकेन । पहिलो हाफमै प्राप्त २-१ को नतिजा सहित बार्सिलोनाले ३ अंक जोड्यो ।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको छ । दुवै टिमको ७१ अंक भएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग ७३ अंक छ । भिल्ला रियल ४९ अंकसहित सातौँ स्थानमा छ ।





  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार ६:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया