घरेलु मैदानमा सिरिज जितेको नेपालको टि-२० वरियतामा सुधार

घरेलु मैदानमा टि-२० अन्तर्राष्ट्रिय सिरिज जितेको नेपालको वरियतामा एक स्थान सुधार भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को टि-२० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । 

आइसिसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयताको टि-२० तर्फ नेपाल १४औँ स्थानमा रहेको छ । यसअघि नेपाल १५औँ स्थानमा रहेको थियो ।

घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टि-२० सिरिजको उपाधि जितेपछि नेपालको वरियतामा सुधार भएको हो । नेपालको टि-२० मा उत्कृष्ट वरियता ११औँ स्थान हो ।  

नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत र तेस्रोमा अष्ट्रेलिया रहेका छन् । चौँथोमा पाकिस्तान र पाँचौँमा न्युजिल्याण्ड रहेको छ ।  





  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार ७:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया