फ्लोर क्रस गर्ने कर्णालीका ४ जनाको सांसद पद गयो

एमालेको निर्देशन विपरीत (फ्लोर क्रस) गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमाले कर्णाली प्रदेशसभाका चार जना सांसदको सांसद पद गएको छ । माओवादी नेतृत्वका मुख्यमन्त्री शाहीलाई मतदान गरेको भन्दै एमालेले पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । 

यसअघि वैशाख १२ गते एमाले संसदीय दलले चार सांसदले दल त्याग गरेको सूचना प्रदेशसभामा दर्ता गरेको थियो । सो पत्र सुनाउँदै सभामुख शाहीले चार सांसदको पद रिक्त रहेको बताए ।

प्रदेशसभाको सोमबार बसेको सातौँ अधिवेशनको दोस्रो बैठकले दैलेख निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित अमरबहादुर थापा, कालिकोट निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष निर्वाचित कुर्मराज शाही, डोल्पा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित नन्दसिंह बुढा र सल्यानको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रकाश ज्वालाको पद आजबाटै रिक्त भएको जानकारी दिएको हो ।

चार जना सांसद मध्ये प्रकाश ज्वाला बाहेक अन्य तीन जना शाही नेतृत्वको सरकारका मन्त्री भइसकेका छन् ।





  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार १४:५९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया