राजाबाबुलाई स्कुटर हस्तान्तरण

गत महिना पोखरामा सम्पन्न १९औँ संस्करणको आहा रारा गोल्डकपमा सर्वोकृष्ट खेलाडी घोषित हुने संकटा क्लबका गोलरक्षक राजाबाबु थापालाई अप्रिलाको स्कुटर हस्तान्तरण गरिएको छ ।

राजाबाबुलाई सोमबार स्कुटर हस्तान्तरण गरिएकोे हो । उनले संकटालाई गोल्डकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

पोखराका आयोजित एक कार्यक्रमबीच पोखरमा अप्रिलाको आधिकारिक विक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले राजाबाबुलाई स्कुटर हस्तान्तरण गरेका हुन् । 

राजाबाबुले प्राप्त गरेको अप्रिला स्ट्रोमको बजार मूल्य २ लाख ४६ हजार ९ सय रहेको बताइएको छ । कम्पनीले स्कुटरमा लाग्ने करसमेत छुट गरिएको जनाएको छ । 

संकटाले फाइनलमा अफ्रिकन रुट एसोसिएसनलाई पराजित गर्दै उपाधि हात पारेको थियो । 
 





  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार १६:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया