नेपाली कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयका कर्मचारीको पिसिआर परीक्षण गरिएको छ ।
केन्द्रीय कार्यालय सानेपामा आज १२९ जनाको पिसिआर परीक्षण गरिएको हो ।
कोभिड परीक्षणका लागि भन्दै कांग्रेसले आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक वैशाख १५ गतेसम्म स्थगित गरेको थियो ।
यसअघि सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले नेताहरूको पिसिआर परीक्षणपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।