प्रदेश सरकारले सञ्चालन गरेको कोसी अञ्चल कोभिड उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
सरकारले यसअघि तोकेको सेवा सुविधा नपाएको भन्दै अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् ।
केन्द्रमा अहिले ३२ जना कोरोना संक्रमित उपचाररत छन् ।
कोरोना संक्रमणको दोस्रो लहरका कारण उपचार केन्द्रमा संक्रमितको चाप बढिरहँदा सेवामा संलग्न डाक्टर र नर्सले सरकारले तोकेको सुविधा पाउनुपर्ने मागसहित आन्दोलन गरेका हुन् ।
प्रदेश एक सामाजिक विकास मन्त्रालय उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि होटल स्टर्न स्टारमा क्वारेन्टाइन बनाएको थियो ।
तर, यस पटक घरबाटै धाउनुपर्ने बाध्यता रहेको र स्वास्थ्यकर्मीलाई खाना पनि राम्रो नदिएकाले विरोधमा उत्रनु परेको स्वास्थ्यकर्मीले बताए ।
उपचार केन्द्रमा ६ जना नर्स, ३ जना परामेडिक्स र ५ जना डाक्टर कार्यरत छन् ।
कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन चुमनलाल दासले भने स्वास्थकर्मीको माग सम्बोधन हुने बताए ।
उनले स्वास्थयकर्मीको गुनासो रहेको तर काम नै पूरै नछाडेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।