न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेकी छन् ।
यस गीतमा वसन्त सापकोटाको शब्द , संगीत रहेको छ। प्रेमिल शैलीको यस गीतमा सुदीप सागरको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलीप रायमाझी फिचर्ड छन् । प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।
बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत् भिडियो सार्वजनिक भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।