३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

नेपालमा कोरोनाको आक्रमण युवामाथि, ८९ प्रतिशत संक्रमित ६० वर्षमुनिका

पछिल्लो २४ घण्टामा नेपालमा पिसिआर परीक्षणबाट मात्रै ३४४२ जना कोरोना संक्रमति थपिएका छन्। २४ घण्टामा थपिनेमा करिब आधा संक्रमित युवा उमेरका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार थपिएकामा २० देखि ३९ उमेर समूहका मात्रै १७१३ जना अर्थात ४९.७६ प्रतिशत छन्। 

२४ घण्टामा थपिने ३४४२ संक्रमितमा २० देखि ५० वर्ष उमेर समूहमा मात्रै २३५० संक्रमित छन्। यो ६८ प्रतिशत हो। 



यसमा पनि सबैभन्दा धेरै संक्रमित २० देखि २९ वर्ष उमेर समूहमा छन्। ३४४२ संक्रमित मध्ये यस उमेर समूहका ८६३ जना संक्रमित छन्। त्यसपछि सबैभन्दा धेरै ३०–२९ उमेर समूहमा ८५० संक्रमित थपिएका छन्। ४०–४९ उमेर समूहमा ६०७, ५०–४९ उमेर समूहमा ४०५ जना संक्रमित थपिएका छन्। 

सबैभन्दा कम ९० देखि १०० वर्ष उमेर समूहमा ५ जना छन्। थपिएका ३२ संक्रमितको उमेर खुलेको छैन। 



स्वास्थ्य मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घण्टामा १० वर्षमुनिका ६३ बालबालिकामा संक्रमण पुष्टि भएको छ।  १०-१९ उमेर समूहमा २७३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका ३४४२ संक्रमितमा ३०६१ जना अर्थात् ८८.९३ प्रतिशत ६० वर्षमुनिका छन् । 

गतसात संक्रमण देखिने अधिकांश वृद्ध उमेरका हुनेगर्थे। दोस्रो लहरमा युवाहरु कोरोनाको आक्रमणमा परेका हुन्। 



  • प्रकाशित मिति : १३ वैशाख, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया