बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, एकको मृत्यु

कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा दुर्घटना भएको छ । दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बैतडीको  पाटन नगरपालिका वडा नम्बर ६ ग्वाल्लेक घट्टेघाट खोलामा दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जिप सोमबार विहान दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनाका कारण खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार १९:५७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया