कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि सरकारले मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण बढेको निचोडसहित अर्को सूचना नआउन्जेललाई सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि गरेको एकजना मन्त्रीले जानकारी दिएका छन्। बैठकले विद्यालय र क्याम्पससहितका सबै किसिमका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
आइतबार कोभिड संकट व्यवस्था समिति (सीसीएमसी)ले सञ्चालन भइरहेका र हुन बाँकी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले त्यही निर्णयलाई सदर गरेको हो ।
विदेशी नागरिक रोकिए
नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जानेहरूलाई पनि रोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । नेपालमा भारतीय नागरिकहरु ठूलो संख्यामा तेस्रो मुलुक जाने गरेका थिए।
बैठकले नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको पनि त मन्त्रीले जानकारी दिए। नेपालसँग खुला सीमाका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले स्थल सीमाका बन्द गर्ने निर्णय लिएको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।