कोदोको रक्सी ब्रान्ड बनाउने मन्त्रीको योजनामा आदिवासीको साथ
कुरै नबुझी बोल्ने पूर्वमन्त्री र सांसदहरुलाई ज्ञापन पत्र बुझाउने

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले 'ब्यान्ड भर्सेस ब्राण्ड' नामबाट सुरु गरेको अभियानलाई आदिवासी जनजाति महिलाहरुले साथ दिएका छन्। 

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च प्रदेश १ की संयोजक माया राईले आदिवासी महिलाहरुको रोजगारी, आदिवासीहरूको संस्कार र पहिचानसँग जोडिएको यो अभियान सकरात्मक भएको बताइन्। 

मंगलबार मन्त्री राईलाई ज्ञापनपत्र बुझाउँदै आदिवासी महिलाहरुले नेपाली मौलिक सीप, कौशल प्रयोग गर्दै जनजातिहरूको परम्परा, संस्कृति एवम् पहिचानलाई व्यवसायीकरण गर्ने यो अभियान महत्वपूर्ण रहेको बताएका छन् । 

आदिवासी जनजातिको धर्म संस्कृति र संस्कारसँग जोडिएको यो विषय आर्थिक समृद्धिसँग पनि जोडिने भएकाले यसलाई अगाडि बढाउन आवश्यक रहेको उनीहरुको भनाइ छ । 

आदिवासी जनजातिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र २००७ मा समेत आदिबासी महिलाहरुको विकास गर्ने तथा जीविकोपार्जन गर्ने आफ्नै माध्यमको कृयाकलापलाई स्वतन्त्रतापूर्वक सञ्चालन गर्ने अधिकार दिएको उल्लेख गर्दै उनीहरुले यो केबल जनजातिको मात्रै नभएर समृद्धिको एजेण्डा समेत भएको बताए । 

उनीहरुले केही पूर्वमन्त्री र सांसदहरुले समेत प्रदेशमा नबुझी यसको विरोध गरेको भन्दै उनीहरुलाई ज्ञापन पत्र दिइने बताए । ‘हामी सबैलाई ज्ञापन पत्र दिन्छौँ, सांसद र मन्त्री भएकाहरुले नबुझी विरोध गर्न सुरु गर्नु राम्रो होइन', उनले भनिन्।



ज्ञापनपत्र बुझ्दै मन्त्री उषाकला राईले महिलाहरुको सीपसँग जोडिएको उत्पादनबाट आर्थिक समृद्धि गर्न यो अभियान ल्याइएको बताइन्। 

कोदोको रक्सी हाम्रो परम्परागत सीप र संस्कारसँग जोडिएकाले यसलाई ब्रान्डिङ गरेर बेच्न सके ठूलो धनराशी आम्दानी गर्न सकिने उनले बताइन्। त्यसले मदिरामा विदेश जाने अर्बौं रुपैयाँ रोक्न सक्ने तर्क पनि मन्त्री राईले गरिन्। 



  • प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार २१:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया