काठमाडौं प्रशासनको थप आदेश : निषेधाज्ञामा विवाहको गाडीलाई पास नचाहिने

भोलिदेखि लागु हुने काठमाडौंको लकडाउनका लागि जिल्ला प्रशासन कार्यालयले थप आदेश जारी गरेको छ । मंगलबार जारी गरेको आदेशमा केही थपघट गरेर थप आदेश जारी भएको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार जारी गरेको आदेशमा थप हुनेगरी मंगलबार जारी भएको आदेशमा विवाहका लागि प्रयोग गरिने सवारी साधनका लागि पास चाहिने व्यवस्था हटेको छ । अब विवाहका लागि प्रयोग हुने गाडीलाई पास नचाहिने भएको छ । 

तर, विवाहका लागि प्रयोग हुने गाडीमा दुलहा दुलही भने अनिवार्य हुनुपर्ने उल्लेख छ । उनीहरु सहित १५ जनाका लागि ब्यानर टाँसिएको २ वटासम्म गाडीलाई पास नचाहिने थप आदेशमा उल्लेख छ । विवाहका लागि पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्नेछ ।

थप आदेशमा बैक तथा वित्तीय संस्था, बीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरू सम्बन्धित कार्यालयको परिचय पत्रका आधारमा सञ्चालन हुन पाउने उल्लेख छ । 

थप आदेशमा कुरियर र डाँक सेवालाई पनि अत्यावश्यक सेवामा राखिएको छ । काठमाडौं उपत्यकाभित्र वैशाख १६ देखि २२ गतेसम्म पहिलो चरणमा निषेधाज्ञा लागु हुँदैछ ।





  • प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार ९:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया