अमेरिकाबाट खोप ल्याउन गगनको आग्रहमा परराष्ट्रमन्त्रीको जवाफ, 'प्रक्रिया अघि बढिसक्यो'

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाबाट कोरोना भाइरसविरुद्धको खोप ल्याउनका लागि प्रक्रिया अगाडि बढाइएको बताएका छन् । मन्त्री ज्ञवालीले अमेरिकाले सहयोगमा दिन लागेको खोप नेपाल ल्याउनका लागि प्रक्रिया अघि बढिसकेको बताएका हुन् । 

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाको प्रश्नमा जवाफ दिँदै ज्ञवालीले अमेरिकाले ठूलोमात्रामा अन्य देशलाई खोप सहयोग गर्ने बताएसँगै नेपालले पनि प्रक्रिया सुरु गरिसकेको बताएका हुन् । 

सांसद थापाले सामाजिक सञ्जालमार्फत मन्त्री ज्ञवालीलाई मेन्सन गरेर अमेरिकाले ६ करोड डोज खोप बाँड्न लागेको र त्यसमा नेपालले पनि आफ्ना लागि पहल गर्न भन्दै आग्रह गरेका थिए । 

जसको जवाफमा मन्त्री ज्ञवालीले नेपालले अमेरिकाबाट सहयोग खोप पाउनका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराएका हुन् । सांसद थापाले अमेरिकी दूतावासलाई पनि यस प्रक्रियामा सहयोग गर्नका लागि आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार ९:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया