गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण !
फाइल तस्बिर

गण्डकी प्रदेशसभाका ३ जना सांसदलाई कोरोना संक्रमण भएको छ । प्रदेशसभा सचिवालयका अनुसार ३ जना सांसदलाई कोरोना संक्रमण भएको हो ।

कोरोनाबाट संक्रमित हुनेमा सत्ताधारी एमालेका दुई र कांग्रेसका एक सांसद छन् । एमालेका राजिव पहारी र प्रभा कोइराला तथा कांग्रेसकी मनकुमारी गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री हटाउने खेल चलिरहेको अवस्थामा आज अविश्वासको प्रस्तावमाथि मतदान हुँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव हालेका हुन् । 

यसअघि मंगलबारको प्रदेशसभा बैठकमा सत्तारुढ दल एमालेले पिसिआर परीक्षणबिना संसद चल्न नदिने भन्दै अवरुद्ध गरेको थियो । त्यसपछि, मंगलबार साँझ परीक्षणका लागि सांसदहरुको स्वाब संकलन गरिएको थियो । 

कोरोना संक्रमति भएपनि ती सांसदले अविश्वासको प्रस्तावमाथि मत भने दिन पाउनेछन् । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमण भएमा सांसदले मतदान गर्न पाउने तर सम्बोधन गर्न नपाउने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार १०:१२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया