सीता दाहाल अस्पताल भर्ना
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । नियमित स्वास्थ्य जाँचका लागि दाहाल अस्पताल भर्ना भएकी हुन् । 

दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई ३ दिनदेखि अस्पतालमा भर्ना गरिएको स्रोतले बताएको छ । 

के भएको हो सीतालाई ?
चिकित्सकका अनुसार सीतालाई पिएसपी नामक रोग लागेको छ । अमेरिकाको नेसनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोक (एनआइएनडीएस) का अनुसार, पिएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रियाका साथै मनोदशा र सोचसमेत प्रभावित बनाउँछ ।

मष्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँदै लैजान्छ ।

एनआइएनडीएसका अनुसार यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ । सामान्यतः पिएसपीको लक्षण ६० वर्ष पुगिसकेकाहरूमा देखिने गरेको छ । तर, कसै कसैलाई यो रोगले चाँडै समात्न सक्छ । पिएसपीबाट महिलाभन्दा पुरुष धेरै प्रभावित रहेको चिकित्सकहरु बताउँछन् । 





  • प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार ११:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया