युवा संघको आयोजनामा नगर सरसफाइ, मास्क वितरण

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बुधबार बिराटनगर महानगरपालिकामा सरसफाइ कार्यक्रम गरिएको छ।

राष्ट्रिय युवा संघ नेपाल बिराटनगर वडा नम्बर १७ को आयोजनामा सडक, टोल सरसफाइ गरिएको हो। उक्त अवसरमा युवा संघले कोरोना भाइरसबाट जोगिनका लागि सर्वसाधारणलाई मास्कसहितको स्वास्थ्य सामाग्री पनि वितरण गरेको छ।

सरसफाइ तथा  मास्क वितरण कार्यक्रममा एमालेनिकट नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतको प्रमुख आतिथ्यमा भएको हो। कार्यक्रममा एमाले नेता-कार्यकर्तासहित सर्वसाधारण पनि सहभागी भएका थिए।

 

 





  • प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार १२:५८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया