कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने तीन मन्त्रीको पुनर्नियुक्ति

कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले सपथ खाएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सपथ खुवाएका हुन् ।

यसअघि एमाले संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत मागेका थिए । जसमा एमालेका चारजना सांसदले पार्टीको फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । तीमध्ये प्रकाश ज्वाला बाहेक अन्य तीनजना मन्त्री भएका हुन् ।

बुधबार दिउँसो एक बजे उनीहरुले सपथ खाएका हुन् । फ्लोर क्रस गरेको भन्दै एमाले संसदीय दल कर्णाली प्रदेशले सांसद पदबाट पदमुक्त गरेपछि मन्त्रीपदबाट मुक्त भएका उनीहरुलाई पुनर्नियुक्ति गरी सपथ खुवाइएको हो ।





  • प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार १५:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया