त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज विजेता खेलाडीले जनही ४ लाख पाउने

भर्खरै सम्पन्न त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजका विजेता खेलाडीले जनही ४ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

नेपाल सरकारले विजेता २३ खेलाडीलाई जनही ४ र ३ प्रशिक्षकलाई जनही २ लाख दिने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वैशाख ४ देखि ११ सम्म चलेको प्रतियोगितामा नेपाल, नेदरल्यान्ड र मलेसियाको सहभागिता थियो । 

नेपालले फाइनलमा नेदरल्यान्डमाथि १४२ रनको फराकिलो जित निकाल्दै घरेलु मैदानमा पहिलो टि-२० उपाधि हात पारेको हो ।





  • प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार १५:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया