एमालेले गर्‍यो कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

कोरोना भाइरसको दोस्रो लहरका कारण सुर्खेतमा निषेधाज्ञा जारी भएको र सोही समयमा संसद सञ्चालन गरेको भन्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । निषेधाज्ञा गरेर जनतालाई घरभित्र बसाली सरकारले गैरजिम्मेवारपूर्ण काम गरेको भन्दै एमालेका सांसदहरू उभिएर प्रदेशसभा अवरुद्ध पारेका हुन् ।

सभामुख राजबहादुर शाही बैठकको कारबाही सुरु गर्नै लाग्दा एमाले सांसद गुलावजंग शाहीले कोरोनाको महामारी फैलिएको समयमा बैठक बस्नु जायज नभएको भन्दै विरोध जनाएका थिए । त्यस लगत्तै एमालेका सबै सांसदहरू उभिएर बैठक अवरुद्ध पारे ।

सभामुख शाहीले दलीय सहमति गरेर अघि बढ्न आग्रह गरेका थिए । एमालेका सांसदहरूले विरोध गरे पनि करिब १५ मिनेटसम्म बैठक चलेको थियो । अर्को सूचना नआउन्जेसम्म बैठक स्थगित भएको छ । 





  • प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार १५:५८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया