राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मत विभाजनको तयारी हुँदै गर्दा सांसद खिमविक्रम शाही बैठकमा अनुपस्थित भएका हुन् ।
उनी दिउँसो साढे १ बजेको बैठकमा भने उपस्थित भएका थिए । सो बैठक स्थगित भई पुनः ४ः ३० बाट सुरु भएको बैठकमा भने उनी उपस्थित भएनन् ।
कांग्रेस, माओवादी र जसपाको संयुक्त अविश्वास प्रस्तावमा जनमोर्चाको भूमिका निर्णायक थियो ।
तर, सो पार्टीका एक सांसद हराएपछि विपक्षी दलको योजना तत्कालका लागि पूरा हुन सकेन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।