नेपाल खेलकुद महासंघले देशभर पुर्‍यायो संगठन (नामवालीसहित)

सत्तारुढ नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले आफ्नो संगठनलाई देशका सबै जिल्लामा पुर्‍याएको छ। रमेश पौडेल अध्यक्ष, कृष्ण बस्नेत 'परशुराम' वरिष्ठ उपाध्यक्ष, गोविन्दप्रसाद भट्टराई प्रथम उपाध्यक्ष तथा मेघराज पौडेल महासचिव रहेको महासंघले ८ सय ४५ सदस्यीय केन्द्रीय समिति बनाएको छ।

महासंघले आफ्नो संगठनलाई देशका ७७ वटै जिल्लामा पुर्‍याएको छ। एमालेका पुराना भातृसंगठनकै शैलीमा महासंघले आफ्नो संगठन विस्तार गरेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष कृष्ण बस्नेत 'परशुराम' ले युवाहरुलाई खेल क्षेत्रमार्फत संगठित गरेर देश विकासमा लगाउन आफूहरु सक्रिय हुने बताएका छन्। 

महासंघको गत वैशाख ७ गते गरिएको भेलाबाट गठित केन्द्रीय कमिटी, आयोगहरू, सल्लाहकार कमिटी, प्रदेश, जिल्ला र महानगर कमिटीको मूल नेतृत्वको बुधबार सार्वजनिक गरिएको छ।

महासंघले सातै प्रदेशका संयोजक पनि तोकेको छ। त्यस्तै हरेक जिल्ला र महानगरमा संयोजक र सचिव पनि तोकेको छ। काठमाडौंको राष्ट्रियसभा गृहमा राष्ट्रिय भेला गरेको थियो। उक्त भेलामा संगठनका इन्चार्ज कर्णबहादुर थापा र लीलबहादुर थापाले सम्बोधन गरेका थिए।

यो संगठनले नेकपा एमालेको नीति, सिद्धान्त र कार्यक्रमलाई खेलकुद क्षेत्रमा प्रभावकारी ढंगले लागू गराउने योजना बनाएको बस्नेतले बताए। 'खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार', भन्‍ने मूल नारासहित स्थापित यो संगठनमा लाखौँ युवालाई गोलबन्द गर्ने योजना बनाइएको वरिष्ठ उपाध्यक्ष बस्नेतले बताए।

महासंघको संगठन



 



  • प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार २२:२३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया