कैलाली र कञ्चनपुरमा एकैदिन ६ संक्रमितको मृत्यु
फरकधार / १६ बैशाख, २०७८
फाइल फोटो

कैलाली र कञ्चनपुरमा थप ६  कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार बिहान कैलालीमा ३ र कञ्चनपुरमा ३ गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनको कोरोना पुष्टि भएको १२ घण्टामै मृत्यु भएको थियो ।

यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको पनि बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

कञ्चनपुरमा भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहीबार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको राति साढे १२ बजे र भिमदत्त नगरपालिका १८ की ३६ वर्षीया एक महिलाको बिहीबार बिहान साढे ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।

यसैगरी भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको पनि उपचारका क्रममा मृत्यु भएको हो । उनी ब्लड क्यान्सरका बिरामी थिए । 
 

  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार १४:५७:२५,   अन्तिम अपडेट : बैशाख १६, २०७८ बिहीबार १५:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया