विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको 'इन्डियन भेरियन्ट' विश्वका १७ देशमा पुगेको जनाएको छ। डब्ल्यूएचओका अनुसार विश्वभर थपिएका संक्रमितमध्ये ४२ प्रतिशत केवल भारतका मात्रै छन् ।
पछिल्लो पटक २४ घण्टामा भारतमा ३ लाख ७९ हजार २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ। अहिले इन्डियन स्ट्रेन अथवा बी.१.६१७ भेरियन्ट (डबल म्युटेसन भेरियन्ट) का कारण भारतमा लगातार कोरोना संक्रमण बढेको बढ्यै छ। कोरोनाले त्यहाँको स्वास्थ्य प्रणालीले नै अस्तव्यस्त बनाइदिएको छ।
भारतमा भैरहेको लगातारको डर लाग्दो संक्रमणलाई डब्ल्यूएचओले 'भेरियन्ट अफ इन्टरेस्ट' घोषणा गरेको छ। डब्लुएचओका अनुसार पछिल्लो पटक भारतीय बहुल फिजीमा पनि कोरोनाको 'इन्डियन भेरियन्ट' भेटिएको छ
डब्लूएचओका अनुसार विश्वमा बितेको साता मात्रै कोरोनाबाट ५७ लाख ८९ हजार बढी संक्रमित भएका छन् । उक्त तथ्यांक पहिलेको कोरोना लहरभन्दा अत्यधिक धेरै हो।
विश्वभर कोरोना संक्रमित १५ करोड नाघिसकेका छन्। हालसम्म ३१ लाख ७८ हजार मानिसले ज्यान गुमाएका छन्। १२ करोड ७८ हजार बढी मानिस निको भइसकेको अवस्था छ।
अहिले पनि विश्वभर एक करोड ९३ लाख बिरामीको उपचार जारी छ। संक्रमितमध्ये एक करोड ९२ लाख मानिसमा कोरोनाको सामान्य लक्षण देखिएको छ। अन्य एक लाख १० हजारको अवस्था गम्भीर रहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।