थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर खरिद गर्ने प्रदेश २ सरकारको निर्णय

प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर खरिद गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न उच्च स्तरीय बैठकले सो निर्णय गरेको हो । 

कोरोनाको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएको हुँदा प्रदेशको १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिण्डर भण्डारण गर्न कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोष बाट पाँच–पाँच लाख उपलब्ध गराउने बैठकले निर्णय गरेको हो ।

त्यसैगरी, संक्रमितका लागि सबैभन्दा महत्वपूर्ण औषधि मानिएको रेमडिसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णय समेत गरेको छ ।

बैठकमा सहभागी सरोकारवाला निकायका प्रमुखहरुले कोरोना महामारीको वर्तमान अवस्था, रोकथामको उपाय र प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे ब्रिफिङ गरेका थिए । 

आठवटै जिल्लामा पिसिआर मेसिन सञ्चालनमा आइसकेकोले जाँचमा समस्या नरहे पनि उपचारका लागि थप जनशक्ति परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ  ।

बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, नेपाली सेनाका उपरथी सुरेश कार्की, प्रदेश सचिव केशवप्रसाद विमली, यामप्रसाद भुषाल, प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमको उपस्थिति थियो ।,



साथै, अनुसन्धानका निर्देशक हरिहर पौडेल, स्वास्थ्य आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोदकुमार यादव, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजिष्ट्रार डा. विनोदकुमार यादव, प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादव, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्र, मुख्यमन्त्री कार्यालयका सिडिई भगवान झासहितको उपस्थिति थियो ।



  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार १९:३४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया