विप्लव नेतृत्वको नेकपाका नेता माइला लामा रिहा

संखुवासभा कारागारमा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता माइला लामा रिहा भएका छन् । 

लामा बिहीबार रिहा भएका हुन् । लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको बताइएको छ । ०७६ साउन पहिलो साता लामालाई प्रहरीले काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको थियो ।

सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार उनी रिहा भएका हुन् । विप्लव समूहले आफ्ना नेता–कार्यकर्ता रिहा गर्ने सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । 

लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । उनी ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौंबाट चुनाव लडेर पराजित भएका थिए ।





  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार २०:५६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया