प्रचण्डको स्पष्टीकरण : हो मैले चीन र भारतका लागि कम्फरटेबल सरकार भनेकै हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले केपी शर्मा ओलीलाई बिदा गरेर दुई छिमेकी भारत र चीनका लागि कम्फरटेबल सरकारबारे आफूले बोलेको स्वीकारेका छन्।

हिमालय टेलिभिजनसँग बिहीबार कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। 'हो मैले आफ्नो नेतृत्वमा सरकार बन्दा चीन र भारतलाई कम्फरटेबल हुन्छ भनेकै हो', उनले भने, 'तर चीनतिरको कुरा लुकाएर भारतसँग मात्रै जोड्दै बालुवाटारबाटै मेरो बदनाम गर्न खोजियो।'

दाहालले १० वर्षे जनयुद्ध पूरा गरेर शान्ति प्रक्रियामा फर्किएपछि आफ्नै कारण संसारले नेपाल चिनेको बताए। 'भारतीय जनताले त मलाई चिन्छन् नै, संसारभरीका जनताले पनि मलाई चिन्छन्', दाहालले भने, 'जनयुद्धबाट शान्ति प्रक्रियामा आएर म प्रधानमन्त्री भएपछि नेपाल चिन्ने माध्यम प्रचण्ड बनेका थिए। त्यसबेला प्रचण्डबाटै  भन्थे नेपाललाई चिनेको कुराले मलाई गर्व लागेको छ।'

प्रचण्डले आफूलाई बदनाम गराउन बालुवाटारबाट ओलीका मान्छे लागिरहेका बताए। 'मेरो हरसम्भव बदनाम गराउने कोसिस भइरहेको छ,' उनले भने, 'ओलीजी र ओलीजीका मान्छे जोडतोडले बदनाम गराउन लागिरहेका छन्। 





  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार २१:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया