इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पन्छाउँदै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा कोलकातालाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष दुईमा समेटिएको हो । अहमदाबादमा कोलकाताले दिएको १५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा पृथ्वी शाले ८२ रनको अर्धशतकीय इनिङ्ग खेले । उनले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै शिखर धवनले ४६ रन बनाउँदा कप्तान ऋषभ पन्त १६ रनमा आउट भए । कोलकाताका पाट कमिन्सले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । कोलकाताका लागि आन्द्रे रसेलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए ।
सुबमन गिलले ४३ रन जोड्दा पाट कमिन्स ११ रनमा अविजित रहे । यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए । कप्तान इयान मोर्गन र सुनिल नारिन शून्यमा आउट भए ।
दिल्लीका अक्षर पटेल र ललित यादवले २-२ विकेट लिए । जितसँगै दिल्लीले लिगमा पाँचौ जित निकालेको छ । कोलकातामाथिको जितपछि दिल्लीले ७ खेलबाट १० अंक जोडेको छ ।
रोयल च्यालेन्जर्स बैंग्लोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । यता कोलकाता यो पाँचौ हार हो । पाँचौ स्थानको कोलकाताले ७ खेलमा ४ अंक जोडेको छ ।
Describe that run-chase in one word. Go ⬇️#YehHaiNayiDilli #IPL2021 #DCvKKR pic.twitter.com/tkHxatyiH1
— Delhi Capitals (Stay Home. Wear Double Masks😷) (@DelhiCapitals) April 29, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।