कोरोनाविरुद्ध लड्न सचिनले गरे १ करोड रुपैयाँ सहयोग

भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकरले कोरोनाविरुद्ध लड्नका लागि १ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् ।

भारतमा पछिल्लो समय कोरोना महामारीले भयावह स्थिति सिर्जना भएको छ । दैनिक लाखौँ मानिस संक्रमित हुँदा हजारौँले ज्यान गुमाइरहेका छन् ।

अस्पतालमा बिरामी राख्ने ठाउँ र अक्सिजनको अभाव हुन थालेको छ । यसैबीच पूर्व क्रिकेटर सचिनले ट्विटरमार्फत कोरोनाविरुद्धको लडाईँमा थोरै भएपनि मद्दत पुगोस् भनेर आफूले सहयोग गरेको बताएका छन् ।

सचिनले भारतका अस्पतालमा अक्सिजन आपूर्तिका लागि सहयोग संकलन गरिरहेको एनजिओ ‘मिसन अक्सिजन’लाई १ करोड भारतीय रुपैयाँ सहयोग गरेको जानकारी दिएका हुन् । 

केही समयअघि सचिन स्वयंलाई कोरोना संक्रमण भएको थियो । 





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १०:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया