देउवाले किन गर्दैछन् पत्रकार सम्मेलन ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजेका लागि आफ्नै निवासमा पत्रकार सम्मेलन बोलाएका छन् ।

देउवाले कोरोना महामारीबीच काठमाडौंमा निषेधाज्ञा लाग्दा बोलाएको यो पत्रकारलाई कांग्रेसी वृत्तमा नै निकै चासोका साथ हेरिएको छ ।

कोरोना महामारीबारे सरकारको ध्यानाकर्षण गर्न देउवाले पत्रकार सम्मेलन बोलाएको उनका सहयोगीले बताएका छन् । अर्का एक कांग्रेस केन्द्रीय सदस्यले देउवाले पत्रकार सम्मेलन गर्नुमा कांग्रेस नेता रामचन्द्र पौडेलले उनीमाथि लगाएका आरोप पनि कारण हुनसक्ने फरकधारलाई बताएका छन् ।

कांग्रेसले पछिल्लो समय कोरोना नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै आएको छ । 

यसअघि कांग्रेसले कोरोना अनुगमन समिति पनि गठन गरेको थियो । यो समितिको नेतृत्व कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १३:५१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया