महेश काफ्लेको तातो गोली
फरकधार / १७ बैशाख, २०७८

‘माया बिरानी’बोलको गीतले गायक महेश काफ्लेलाई निक्कै लोकप्रिय बनायो । श्रोता माझ लोकप्रिय बनेको यही गीतको दोस्रो सिक्वेल गायक काफ्लेले निकालेका छन् । ‘माया विरानी’को दोस्रो सिक्वेललाई ‘तातो गोली’नाम दिइएको छ । महेश काफ्लेले नै लेखेको गीत गायनमा गायिका मेलिना राईले साथ दिएकी छन् ।



असिम शाहले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेका छन् । स्वस्तिमा र निश्चलका साथमा गायक काफ्लेले पनि अभिनय गरेका छन् ।

यो गीतको पहिलो सिक्वेलमा अभिनेता नाजिर हुँसेन, अभिनेत्री आँचल शर्मा र गायक महेश काफ्लेले अभिनय गरेका थिए । हरि हुमागाईंले छायांकन गरेको म्युजिक भिडियो सम्पादन लोकश वज्राचार्यले गरेका हुन् ।

 



  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १३:५९:३४,   अन्तिम अपडेट : बैशाख १७, २०७८ शुक्रबार १४:२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया