'एमसिसी पास गरे हुन्छ, अमेरिकी सेना आउने भ्रम मात्रै हो'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसिसी पास गरेर जानुपर्ने बताएका छन्। आफ्नै निवास बूढानीलकण्ठमा शुक्रबार पत्रकार सम्मेलनका क्रममा सभापति देउवाले एमसिसीलाई लिएर अनेक भ्रम र अफवाह फैल्याइएको गुनासो गरे। 

उनले एमसिसी कांग्रेस नेता सुशील कोइराला र जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदैखेरी आएको भन्दै आफ्नो पालामा त सम्झौता मात्रै भएको उल्लेख गरे।

'एमसिसी पास गराउने कुरा भइरहेको छ। यो सुशीलजी र बाबुराम भट्टराईको पालादेखि आएको हो। मेरो पालामा सम्झौताका लागि मन्त्रीलाई पठाएको हुँ', उनले भने, 'नेपाललाई अमेरिकाले सित्तैमा पैसा दिएको हो। यसलाई सदुपयोग गरे हुन्छ। अहिले एमसिसीबारे एक किसिमको भ्रम फैल्याइएको छ।'

उनले एमसिसीलाई जोडेर अमेरिकी सेना आउने भ्रम पनि फैल्याइएको भन्दै आक्रोश पोखे। 'अमेरिकी सेना आउँछ भनेको छ, अनेक भ्रम फैल्याइएको छ', उनले भने, 'मैले यो पारित भएन भने मलाई अफ्ठ्यारो पर्छ भनेको छैन। प्रचण्डसँग पनि कुनै सहमति भएको छैन। तर यसमार्फत आएको रकम सदुपयोग गर्न सक्नुपर्छ नेपालले।'





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १५:४७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया