ड्यानी कार्भाजलले चेल्सीविरुद्धको दोस्रो लेग गुमाउने

स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर ड्यानी कार्भाजलले च्याम्पियन्स लिग अन्तर्गत इङ्लिस क्लब चेल्सी विरुद्धको दोस्रो लेग गुमाउने भएका छन् ।

रियलले कार्भाजलले मासंपेशीको समस्याका कारण चेल्सी विरुद्धको खेल गुमाउने पुष्टि गरेको हो ।

रियलले मे ६ मा चेल्सीको घरेलु मैदानमा च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग खेल्दै छ । 

पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । मासंपेशीमा समस्या देखिएपछि कार्भाजलले ७७ औँ मिनेटमा मैदान छाडेका थिए ।

कार्भाजलको अनुपस्थितिले रियलको डिफेन्समा केही असर गर्ने देखिन्छ । फाइनल प्रवेशका लागि रियलले दोस्रो लेगमा कम्तीमा पनि १-० को जित निकाल्नु पर्नेछ ।





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १६:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया