logo-img

महेश बस्‍नेतको जिम्मेवारी खोसियो, खेलकुद महासंघ इन्चार्जमा दावा लामा

नेकपा एमाले नेता महेश बस्नेतलाई हटाएर खेलकुद महासंघको इन्चार्जमा दावा लामालाई ल्याएको छ। बस्नेतले गत वैशाख ६, १० र १२ गते बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठक अनुसार आफूलाई खेलकुद महासंघ र राष्ट्रिय युवा संघ नेपालको इन्चार्ज तोकिएको बताउँदै आएका थिए।

भर्खरै गठित खेलकुद महासंघको समेत इन्चार्ज आफैँ रहेको भन्दै निर्देशन दिँदै आएका बेला एमालेले बस्नेतबाट जिम्मेवारी खोसेर लामालाई ल्याएको हो। १३ वैशाखमा जारी अन्तर पार्टी निर्देशनमा एमालेले बस्नेतलाई राष्ट्रिय युवा संघको मात्रै जिम्मेवारीमा राखेको छ। 

नवगठित खेलकुद महासंघको पहिलो इन्चार्ज कर्णबहादुर थापा थिए। तर उनको जिम्मेवारी खोस्न बस्नेत नै सक्रिय भएको आरोप लागेको थियो। यस्तोमा अपानि आउनुअघिसम्म बस्नेतले नै खेलकुद महासंघको इन्चार्ज भएको बताउने गरेका थिए। 



युवा संघ छाडेका रमेश पौडेल र परशुराम बस्नेतसहितको सक्रियतामा खेलकुद महासंघ बनाइएको हो। जसको संगठन देशका ७७ वटै जिल्लामा पुर्याइसकिएको वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले बताएका छन्। पछिल्लो समय एमालेका युवाहरुमाझ महेश बस्नेतप्रति असन्तुष्टि बढ्दै गएको युवा संघका एकजना नेताले बताएका छन्। 





  • प्रकाशित मिति : वैशाख १७, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया