लोक सेवा आयोगलाई भर्ना प्रक्रिया अविलम्ब सुरु गर्न मुख्यमन्त्री निर्देशन

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अविलम्ब सुरु गर्न निर्देशन दिएका छन् । 

प्रदेश लोकसेवा आयोगले गरिरहेको कामकाजबारे जानकारी लिने उद्देश्यका साथ शुक्रबार मुख्यमन्त्री निवासमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन् । 

आयोगले कर्मचारी भर्नासम्बन्धी क्यालेन्डर जारी गरेकोमा धन्यवाद दिँदै मुख्यमन्त्री राउतले क्यालेन्डर अनुसार नै भर्ना प्रक्रिया सुरु गर्नुपर्ने बताए । 

छलफलमा प्रदेश लोक सेवा आयोगका अध्यक्ष लगायतका पदाधिकारी एवं सचिवले आयोगले गर्दै आएको कामकाज बारे मुख्यमन्त्री राउतलाई ब्रिफिङ्ग गरेका थिए ।





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १९:३२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया