इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको छ । गएराति अहमदाबादमा भएको खेलमा पन्जाबले बैंग्लोरलाई ३४ रनले पराजित गरेको हो ।
पन्जाबले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बैंग्लोर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ मा समेटियो ।
बैंग्लोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन जोडे । रजत पतिदारले ३१ रन बनाए । हर्सल पटेलले ३१ रन बनाउँदा केली जेमिसन १६ रनमा अविजित रहे ।
बैंग्लोरलाई सस्तैमा समेट्न पन्जाबका हरप्रित ब्रारले ३ विकेट लिए । रवि बिस्नोईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १÷१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । पन्जाबका लागि कप्तान लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए ।
यस्तै क्रिस गेलले ४६ रन जोड्दा हरप्रितले अविजित रहदै २५ रन बनाए । बैंग्लोरका केली जेमिसनले २ विकेट लिए । डानिल साम्स, युजभेन्द्र चहल र सहबाज अहमेदले १÷१ विकेट लिए ।
बैंग्लोर माथिको जितसँगै पन्जाबले लिगमा तेस्रो जित निकालेको छ । पन्जाबले ७ खेलमा ६ अंक जोडेको छ । पन्जाब पाँचौ स्थानमा उक्लिएको छ ।
यता, हारसँगै बैंग्लोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बैंग्लोर ७ खेलमा १० अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।
Challenge accomplished! ✅😎#SaddaPunjab #PunjabKings #IPL2021 #PBKSvRCB pic.twitter.com/JMyKacjw0l
— Punjab Kings (@PunjabKingsIPL) April 30, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।