कोभिड अस्पतालमा आगलागी, कम्तीमा १८ जनाले ज्यान गुमाए

भारतमा कोभिड संकटसँगै अनेक दुर्घटनाका समाचार पनि आइरहेका छन्। पछिल्लो समय कोभिड अस्पतालमा आगलागीका घटना पनि बढिरहेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातको भरुचस्थित पटेल वेलफेयर कोभिड अस्पताल शुक्रबार मध्यराति आगलागी हुँदा कम्तीमा १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। अन्य बिरामीलाई राति नै अर्को अस्पतालमा सारिएको छ।

राति करिब साढे १२ बजे लागेको आगो फैलिएर आईसियुसम्म पुगेको थियो। केही घण्टाको कोसिसपछि आगो नियन्त्रणमा लिइएको थियो। सुरुवाती जाँचमा आगो सर्ट सर्किटका कारण लागेको बताइएको छ।

आगलागीको समयमा यो अस्पतालमा कोरोनाका ५० जना संक्रमित उपचाररत थिए। ज्यान जोगिएका संक्रमितलाई अन्य अस्पतालमा भर्ना गरिएको छ। यिनमा केहीको अवस्था गम्भीर छ।

समाचार एजेन्सी पीटीआईका अनुसार अस्पतालका सञ्‍चालक जुबेर पटेलले १४ बिरामी र २ नर्सको जलेर मृत्यु भएको पुष्टि गरेका छन्। चार तले यो अस्पतालमा ५० संक्रमितको उपचार भइरहेको थियो। 

यो दुर्घटनाप्रति गुजरातका मुख्यमन्त्री विजय रूपानीले दु:ख व्यक्त गरेका छन्। उनले घटनामा ज्यान गुमाउने बिरामी, डाक्टर र अस्पतालका कर्मचारीका परिवारलाई राज्य सरकारले जनही ४ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्।
 





  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार ९:१५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया